सात बर्ष पुग्दा समेत नख्खु बुङमतीमा बनेन ५ किलोमिटर सडक

काठमाडौं । निर्माण सुरु भएको ७ वर्ष पुग्न लाग्यो तर ५ कि.मी लम्बाइको नख्खु–बुङमति सडक खण्ड अझै सम्पन्न हुन सकेको छैन । सोमवार भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको अवलोकन गरेका थिए । अवलोकनका क्रममा नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् ।
उनले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि अहिलेको काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खुृुुुु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नुनपर्ने उल्लेख गरेका छन् । अबको १ हप्ताभित्र सडक खण्डको कालोपत्रे हुने पनि उनको भनाई छ । उनले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कमी हुँदा विभिन्न व्यवधान आइरहेकाले अब आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तर मन्त्रालय समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने समेत दाबी गरे । उनले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने समेत बताए ।
सरकारले सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने बताउँदै काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको र आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताएका छन् । नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झण्डै ८ सय मिटर रहेको सडकमा बढी समस्या आएको भन्दै सो सडक निर्माण हुन सकेको छैन । सो सडकको निर्माण दुई ठेक्का मार्फत अघि बढाइएको थियो ।
नख्खु खोलाबाट भैँसेपाटी ३ दशमलव ५२ किलोमीटर र भैँसेपाटी–बुङमती १ दशमलव ५५ किलोमीटर रहेको छ । सडक निर्माणको काम विक्रम सम्बत् २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने गरी ठेक्का सम्झौतामा उल्लेख गरिएको थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्ड वाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नख्खु—भैंसेपाटी, #प्रकाश ज्वाला
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्