जनयुद्ध शब्दका बारेमा योगेश भट्टराई र देवेन्द्र पौडेलबिच संसदमा वादविवाद
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथिको छलफल संसदमा निरन्तर भइरहेको छ । छलफलका क्रममा नेकपा एमालेका सांसद योगे भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाए । उनले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा जनयुद्ध शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको बताए ।
त्यसपछि रोष्टम पुगेका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने भन्दै प्रतिवाद गरे । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको दाबी गरे ।
त्यसो त नेपालको संविधानमा जनयुद्ध शब्द राख्ने वा नराख्ने भन्ने विषयमा तत्कालिन समयमा व्यापक छलफल भएको थियो । त्यसैबेला नेकपा माओवादी केन्द्रले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने अडान राखेको थियो । तर नेपाली कांग्रेससहित नेकपा एमालेले भने शसष्त्र युद्ध राख्नुपर्ने अडान राखेका थिए ।
अन्तिममा नेकपा माओवादी केन्द्रले शसष्त्र युद्ध नै राख्न तयार भएपछि संविधान जारी भएको थियो । अर्कातर्फ फागुन १ गते सरकारी विदा दिने व्यवस्था समेत खारेज भएको थियो । तर वर्तमान सरकारले भने फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गर्दै सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #देवेन्द्र पौडेल, #योगेश भट्टराई
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्