एमाले महासचिव शंकर पोखरेल भन्छन् : पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो !
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभामा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरेपछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन् ।
सामाजिक सञ्जालमा महासचिव पोखरेलले लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरुका कमाण्डरले लुटेको आरोप लगाएका छन् ।
वास्तविक ७–८ हजारको संख्यामा रहेका लडाकुलाई ३२–३३ हजार पु¥याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वलडाकुको नाम, #राज्यमाथि लुट, #शंकर पोखरेल
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्