प्रधानमन्त्री प्रचण्ड कहिले जादैछन भारत ? संसदमा उठ्यो भ्रमणको एजेण्डा !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको बैसाखमा हुने भनिएको भारत भ्रमण जेठ लागिसक्दा पनी अन्योलमा छ । प्रधानमन्त्री दाहालले भारतबाट विदेश भ्रमण सुरु गर्ने भनेपनि भ्रमणको मिति अझै टुंगो लाग्न नसकेको हो । बिहिबारको प्रतिनिधिसभाको बैठकमा समेत प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाले प्राथमिकता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएदेखी नै छिमेकी देश भारतको भ्रमण गर्ने तयारी गरीरहेका छन । तर भ्रमणको साईत भने जुरीरहेको छैन ।
प्रधानमन्त्री भएलगत्तै दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिएका थिए । तर प्रधानमन्त्री बनेको पाच महिनासम्म मिति टुंगो नलाग्दा उनले अन्य देशको पनि भ्रमण गर्न पाइरहेका छैनन् । यसअघि प्रधानमन्त्री दाहालको सचिबालयले भारत भ्रमणका लागी पटक पटक प्रयास गरेको थियो । गत वर्ष चैतबाटै भारत भ्रमणका लागी तयारी गरीरहेको प्रधानमन्त्रीको सचिबालयले बैसाखमा महिना भित्रै प्रधानमन्त्री दाहालले पक्का भारतको भ्रमण गर्ने बताएको थियो । तर, जेठ लागिसक्दा पनी प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति टुंगो लागेको छैन ।
त्यसो त चैतको अन्तिम साता भारत भ्रमणमा जाने प्रधानमन्त्री दाहालको योजना थियो । तर, परराष्ट्र मन्त्रालय रिक्त रहेका कारण प्रधानमन्त्री दाहाल भारत जान सकेनन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणकै लागी नेपाली कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाएको एक महिना पुगिसक्यो । तर भारतीय पक्षले समय नदिदा दाहालको भारत भ्रमण अड्किएको बताइएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित भएको प्रसंगले प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ ।
बिहिबार नेकपा एमालेका सांसद रघुजी पन्त र जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहालको भारत भ्रमण कहिले भन्दै प्रश्न उठाएका थिए । एमाले सांसद पन्तले सन् १९५० को सन्धी लगायतमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप)को प्रतिवेदनबारे भ्रमणका बेला दुवै प्रधानमन्त्रीले बुझ्ने काम हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सिमा विवादका बारेमा छलफल हुनसक्ने संकेत गरेका छन् ।
नेपालले अन्य देशको भूभागमा पनि दाबी नगर्ने र नेपालको एक इञ्च पनि जमीन नछाड्ने बताए । यता नेपाली पक्षले प्रधानमन्त्री दाहालको भारत भ्रमण प्राथमिकताका साथ तयारी गरि रहेपनी भारतिय पक्ष भने आन्तरीक ब्यस्ततामा थियो । कर्नाटक राज्यमा भएको चुनावका कारण भारतिय प्रधानमन्त्री मोदीले समय दिन सकेका थिएनन् । अब छिटै भारत भ्रमण हुने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जेठ लागि, #दाहाल, #भारत भ्रमण
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्