नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारका मुद्दामा सांसदवीच चर्काचर्की !

काठमाडौं । संसदमा भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु नै नगर्दै सांसदहरुकाबीचमा जुहारी सुरु भएको थियो । सभामुखको आग्रहमा बल्ल–तल्ल बैठक सुरु गर्न दिएका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुहारी गरेर संसद तताएका थिए । प्रतिनिधिसभाको आइतबारको बैठक । जहाँ बजेट अधिबेशन आह्वान गरेको पत्र नै सभामुख देवराज घिमिरले पढ्न नपाउँदै सांसदहरु बोल्नका लागि तछाड मछाड नै गरिरहेका थिए । तर, सभामुख घिमिरेको आग्रहमा सांसद बसेपछि मात्रै बैठक सुचारु भएको थियो ।
बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदले नै भुृटानी शरणार्थी प्रकरणमा आरोप–प्रत्यारोप गरे । बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्मम हेर्न आफूहरु आतुर भएको टिप्पणी गरे । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गर्न प्रधानमन्त्रीलाई उनले चुनौति दिए ।
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन नेकपा एमालेलाई आग्रह गर्यो । सांसद माधव सापकोटाले एमालेका सांसदहरुले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरु पनि खोलिनुपर्ने बताएपछि माओवादीले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेका हुन ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको भन्दै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको बताए । उनले २०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्नुपर्ने माग राखे ।
नेपाली कांग्रेसकी सांसद आरजू राणा देउवालले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाइन । उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएको भन्दै आफ्नोमाथि उत्पन्न विवादलाई ‘लैंगिक विभेद’ को रुप दिइन ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन त्यसबारे सरकारसँग जानकारी माग गरे । तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले संसद बैठकमा ८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन गर्न माग गरे ।
नेकपा एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन सरकारले नै अपराधिक काम गरेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदमा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो? भनि प्रश्न गरे । संसद बैठकमा शरणार्थी प्रकरणमा सांसदहरु एकजुट भएर कारवाही गर्नुपर्ने माग राख्नुपर्नेमा दलीय रुपमा आरोप–प्रत्यारोपमै उत्रिनु नै दुर्भाग्य हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भुटानी शरणार्थी प्रकरण, #संसदमा भ्रष्टाचार, #सांसदविच चर्काचर्की
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्