पूर्वमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहिन, पक्राउ गर्न खोज्दै प्रहरी !
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताएको छ । यसअघि भैरहवाबाट रायमाझी पक्राउ परेको भनिएपनि उनी सम्पर्कविहिन भएको बताइएको छ ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी जारी राखेको छ ।
काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।
सभामुख देवराज घिमिरेसँग भैरहजवाबाट काठमाडौं आउने तयारीमा रहेका रायमाझी स्थलमार्गबाट काठमाडौं आउने बताएका थिए । तर, प्रहरीले पक्राउ गर्ने सुइको थाहा पाएपछि उनी सम्पर्कविहिन भएका छन् ।
केही प्रहरी अधिकृतहरुलाई आफै प्रहरीसमक्ष आउने बताएका रायमाझी सम्पर्कविहिन भएका हुन । रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #टोपबहादुर रायमाझी
ताजा खबर
- १सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- २पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय
- ३विगत ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएः उपेन्द्र यादव
- ४भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ
- ५ओलीलाई घनश्याम भुसालले भनेः निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्



तपाईको कमेन्ट लेख्नुहोस्