राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोे छ । सुनसरीको इटहरीमा वैशाख १५ गते देखि आयोजना गरिएको २ दिवसीय तालिममा बैंकको मधेश प्रदेश र कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूमा कार्यरत सहायक स्तरका २४ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको पहिलो दिन उत्कृष्टता सदस्य सेवा, कागजात तथा जालसाजी र जाली मुद्राको प्रमाणीकरणको विषयमा मुकुल प्रधान र दोस्रो दिन बैंकका सूचना सुरक्षा अधिकृत विपुल गौतमले साइबर सुरक्षाको विषयमा प्रस्तुतीकरण दिएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्