राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोे छ । सुनसरीको इटहरीमा वैशाख १५ गते देखि आयोजना गरिएको २ दिवसीय तालिममा बैंकको मधेश प्रदेश र कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूमा कार्यरत सहायक स्तरका २४ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको पहिलो दिन उत्कृष्टता सदस्य सेवा, कागजात तथा जालसाजी र जाली मुद्राको प्रमाणीकरणको विषयमा मुकुल प्रधान र दोस्रो दिन बैंकका सूचना सुरक्षा अधिकृत विपुल गौतमले साइबर सुरक्षाको विषयमा प्रस्तुतीकरण दिएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्