Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

आफ्नै साथीलाई कुटेको आरोपमा १३ विद्यार्थी प्रहरी नियन्त्रणमा


काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरिएको छ । सोही विद्यालयमा पढ्ने वर्ष १४ की बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।

विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपँमा कुटपिट गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।

स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यो घटनालाई बाल संवेदनशीलताको आधारमा पनि अनुसन्धान भइरहेको जनाइएको छ । गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१३ जना विद्यार्थी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं