तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेको मतान्तर ७ हजार नाघ्यो
काठमाडौं । तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९ सय २ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २ सय २८ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् । आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #स्वर्णिम वाग्ले
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्