बैशाख १२ गतेबाट कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने
काठमाडौं । कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ । नेपाल सरकारको प्रधानमन्त्रीस्तरको निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको हो ।
पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ । हाललाई दूतावासको उपलब्ध जनशक्तिको आधारमा बढीमा दैनिक ५० आवेदन रुजु गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ई सेवा र खल्तीबाट तिर्न सकिनेछ । श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि दूतावासमा उपस्थित भने हुन नपर्ने जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली दूतावास, #श्रम स्वीकृति प्रदान
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्