धरानका मेयर हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा
काडमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले फेरि वडाध्यक्षहरूको राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरुको बिज्ञप्ती नै जारी गरी राजीनामा मागेका हुन् । यसअघि पुस १ गतृे पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।
मेयर साम्पाङले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ ।
उनले वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #फेरि वडाध्यक्षहरूको राजिनामा मागे, #मेयर हर्कराज राई
ताजा खबर
- १एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- २शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
- ३रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : पुटिन
- ४एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
- ५तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्