पाकिस्तानमा प्रमुख उद्योगहरूको उत्पादन ११.५९ प्रतिशतले घट्यो
इस्लामाबाद । पाकिस्तानको संघीय तथ्याङ्क संस्थानले जारी गरेको एक प्रतिवेदन अनुसार पाकिस्तानमा प्रमुख उद्योगहरूको उत्पादन वार्षिक आधारमा ११.५९ प्रतिशतले घटेको खुलासा गरेको छ। प्रतिवेदनअनुसार ठूला उद्योगहरूको उत्पादन फेब्रुअरीमा मासिक आधारमा ०.५० प्रतिशतले घटेको उर्दू पोइन्टले जनाएको छ ।
एक्सप्रेस ट्रिब्यून अनुसार पाकिस्तान चरम आर्थिक संकटको बीचमा मुद्रा अवमूल्यन र ब्याज दर वृद्धिको बीचमा यसको प्रमुख ऋण स्थिरता सूचकहरूले यस आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेखनीय रुपमा गिरावट आएको छ । एक्स्प्रेस ट्रिब्यून अनुसार कुल सार्वजनिक ऋणमा बाह्य ऋणको अंश जुनमा ३७ प्रतिशतबाट डिसेम्बरसम्म ३७.२ प्रतिशतमा पुगेको देखाएको छ ।
पाकिस्तानमा मुद्राको जोखिम बढ्दै गएको छ र विदेशी मुलुकले ऋण दिन पछाडी परेका छन् । एक वर्षअघि वर्तमान सरकार सत्तामा आएदेखि ५६ प्रतिशतले मुद्राको अवमूल्यन भएको एक्सप्रेस ट्रिब्युनले गरेका छन्। प्रतिवेदनमा भनिएको छ, ूविदेशी मुद्रा सञ्चिति न्यून भएकाले ठूला बाह्य भुक्तानीले तरलता समस्या निम्त्याउन सक्छ र विनिमय दरलाई पनि अस्थिर बनाउन सक्छ जसले गर्दा स्थानीय मुद्रामा मापन गरिने बाह्य ऋणको बोझ बढ्न सक्छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्