रुकुमपश्चिम–जाजरकोट जोड्ने बेलिब्रिज पुल भाँचियो, ४ जनाको मृत्यु ४ घाइते
रुकुमपश्चिम । जाजरकोट र रुकुम पश्चिमको आठविसकोट नगरपालिका गोतामकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएपछि ४ जनाको मृत्यृ भएको छ भने ४ जना घाइते भएका छन् ।
उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
घाइतेहरूको पहिचान खुल्न सकिरहेको छैन । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको बताइएको छ ।
घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आठविसकोट नगरपालिका, #भेरी नदीको बेलिब्रिज
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्