पाकिस्तानः सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानीको चरम अभाव
सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानी र कृषि पानीको चरम अभाव उत्पन्न भएको पाकिस्तानी स्थानीय सञ्चारमाध्यम दैनिक जसरतले उल्लेख गरेको छ। पानीको चरम अभाव भएपछि यस क्षेत्रका हजारौं एकड खेतीयोग्य जमिनमा अन्नबाली रोप्न नसकेको र लाखौं मानिस खानेपानीबाट वञ्चित छन् ।
बदिन जिल्लाका किसान नेताहरूले नहरहरूमा रेन्जरहरू नियुक्त गर्न आह्वान गरेका छन्। बदिन जिल्लामा पानी वितरणमा गम्भीर अनियमितता भएको र सिँचाइ अधिकृतले घुस लिएर नहरमा पानी आपूर्ति गरिरहेको उनीहरुको भनाइ रहेको दैनिक जसरतले जनाएको छ ।
सिन्ध सरकारले समस्या समाधान नगरे बदिन जिल्लाभर प्रदर्शन हुने स्थानीयले चेतावनी दिएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तका प्रमुख क्षेत्रहरुमा पिउने पानीको तीव्र अभाव भोगिरहेका एक्सप्रेस ट्रिब्यूनले हालै रिपोर्ट गरेको छ ।
एक प्रतिवेदन अनुसार बलुचिस्तानका बासिन्दाहरूमध्ये २५ प्रतिशत मात्र सफा पिउने पानीको पहुँचमा रहेका छन्। खानेपानी उपलब्ध गराउनका लागि काम नलाग्ने वाटर फिल्ट्रेसन प्लान्टलाई पुनःस्थापना गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्