कर्णाली सरकार विस्तार बुधबार, कांग्रेसले लगायो मन्त्रीको टुंगो
काठमाडौं । कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार नेपाली कांग्रेस सहभागी हुनका लागि मन्त्रीको नाम टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो ।
जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छन् । नयाँ मन्त्रीहरुको सपथ भोलि हुने बताइको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कर्णाली प्रदेश सरकार, #नेपाली कांग्रेस सहभागी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्