गगन थापासँग कार्यकर्ताको गुनासो, मत माग्न मात्रै घरदैलोमा आउने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग चितवन क्षेत्र नम्बर २ का कार्यकर्ताले गुनासो पोखेका छन् । उपचुनावका लागि चितवनमा मत माग्न घरदैलो अभियानमा पुगेका महामन्त्री थापालाई उनीहरुले पार्टीकै लागि घाम पानी नभनी झण्डा बोकेर हिड्दा समेत वेवास्तामा परेको गुनासो पोखे । पाटीलाई मजबुद बनाउन जिल्लादेखि केन्द्रसम्मका नेताहरुले कार्यकर्ताको भावना बुझ्नुपर्ने उनीहरुको सुझाव छ ।
चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मत माग्न कांग्रेस महामन्त्री गगन थापा सोमबार मतदाताको घरदैलोमै पुगे । गठबन्धनको तर्फबाट उमेद्वार बनेका कांग्रेसका जितनारायण श्रेष्ठलाई मत माग्न घरदैलो अभियानमै पुगेका महामन्त्री थापालाई कार्यकर्ताले गुनासै–गुनासो पोखे । उनीहरुको एउटै भनाई छ चुनावताका आउने नेताहरु पटक–पटक घर आगनमा आएर समस्या सुनिदिउन ।
चुनावमा तपाईहरुको समस्या समाधान गर्छु भन्ने जिल्लादेखि केन्द्रका नेताहरु फर्केर नआउने हुँदा आफूहरु समस्यामा परेको दुखेसो कार्यकर्ताको छ । आफ्नो घरको दैलोमै मत माग्न पुगेका महामन्त्री थापासँग कार्यकर्ता भनिरहेका थिए जन्मजात कांग्रेस हो । तर,पाटीका नेताहरुले माखो समेत मारेनन् । कार्यकर्ताले केही आक्रोश र केही गुनासो पोख्दै गर्दा महामन्त्री थापा भने मुस्कुराउँदै गुनासो सम्बोधन गर्ने बताइरहेका थिए ।
चितवनका कांग्रेसले गुनासो पनि किन नपोखुन गठबन्धनका नाममा जिल्ला नेताहरुलाई नै बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरणमा निर्णय गरिदिदा असन्तुष्टि धेरै छ । कतिपय नेता त कांग्रेस छोडेर बसिरहेका छन् । नेता कार्यकर्ताले पार्टीको १४ औं महाधिबेशनपछि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग धेरै आसा र भरोसा गरेका थिए । तर, महाधिबेशन सकिएको लामो समय बित्दा समेत कांग्रेसभित्र उही गुट–उपगुट झाँगिएकै छ ।
पार्टीलाई एक्लौटी रुपमा सभापति शेरबहादुर देउवाले हाकिरहदा समेत महामन्त्रीद्धयको प्रभावकारी भूमिका देखिएको छैन् । संस्थापनइतर पक्षलाई मन्त्रीको भागबण्डामा चित्त नबुझ्दा सरकारले पूर्णता पाउन सकेको छैन् । संसदको पहिलो पार्टी नेपाली कांग्रेसमा देखिएको ढुलमुले गतिविधिकै कारण तल्लो तहका नेता तथा कार्यकर्ता सन्तुष्ट छैनन् । उनीहरु भनिरहेका छन् पार्टी मजबुद बनाउन जनता र कार्यकर्ताको भावना अनुसार चल्नसक्नुपर्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कार्यकर्ताले गुनासो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्