कोरिया र इटाली पठाउने भन्दै २२ जनासँग ६६ लाख ठगी, कन्सल्टेन्सी सन्चालक र एमडी पक्राउ
काठमाडौं । दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, पोर्चुगल लगायत देश पठाईदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । २२ जना युवासँग ६६ लाख रुपैयाँभन्दा ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सन्चालक र म्यानेजिङ डाइरेक्टर पक्राउ परेका हुन ।
गोंगबुस्थित ग्रिनलिफ इन्टरनेसनल कन्सल्टेन्सीका सन्चालक कालिकोटका २८ वर्षीय सुधनकुमार शाही र म्यानेजिङ डाइरेक्टर सोलुखुम्बुका ३१ वर्षीय अनिल श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु नेपाल स्नोफल माउन्टेन ट्रेक एन्ड एक्सिपिडिसन प्रालीमा पनि सन्चालक र म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेको बताइएको छ ।
उनिहरुले युवाहरुसँग ५ लाख लागतमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #इटाली, #दुई जना पक्राउ, #न्युजिल्यान्ड, #पोर्चुगल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्