पाकिस्तानः खुजदारमा सशस्त्र व्यक्तिको आक्रमणबाट एक प्रहरीको मृत्यु, अर्का एक घाइते
इस्लामाबाद । पाकिस्तानको खुजदार जिल्लाको नवा जाफराबाद क्षेत्रमा अज्ञात बन्दुकधारीको गोली लागि एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीले त्यस क्षेत्रमा गस्ती गरिरहेका बेला मंगलबार घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइते प्रहरी र मृतक प्रहरी जवानको शव अस्पताल लगिएको समाचारमा जनाइएको छ ।
गएको चार दिनमा क्वेटा र खुजदारमा भएको यो पाँचौं आतङ्ककारी हमला हो जसमा प्रहरी जवानहरूलाई निशाना बनाइएको थियो। यी आक्रमणमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ ।
यसअघि आइतवार पाकिस्तानको बलुचिस्तानको कुचलक जिल्लाको किल्ली स्पाइन क्षेत्रमा अज्ञात आक्रमणकारीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो र अर्का घाइते भएका थिए, प्रहरीलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्