पाकिस्तानः खुजदारमा सशस्त्र व्यक्तिको आक्रमणबाट एक प्रहरीको मृत्यु, अर्का एक घाइते
इस्लामाबाद । पाकिस्तानको खुजदार जिल्लाको नवा जाफराबाद क्षेत्रमा अज्ञात बन्दुकधारीको गोली लागि एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीले त्यस क्षेत्रमा गस्ती गरिरहेका बेला मंगलबार घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइते प्रहरी र मृतक प्रहरी जवानको शव अस्पताल लगिएको समाचारमा जनाइएको छ ।
गएको चार दिनमा क्वेटा र खुजदारमा भएको यो पाँचौं आतङ्ककारी हमला हो जसमा प्रहरी जवानहरूलाई निशाना बनाइएको थियो। यी आक्रमणमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ ।
यसअघि आइतवार पाकिस्तानको बलुचिस्तानको कुचलक जिल्लाको किल्ली स्पाइन क्षेत्रमा अज्ञात आक्रमणकारीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो र अर्का घाइते भएका थिए, प्रहरीलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्