विक्रम सम्वत २०८० साल शुरु, शुभकामना आदान-प्रदान गर्दै मनाइदैछ उत्सब !

काठमाडौं । आजबाट विक्रम सम्वत २०८० साल शुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन बैशाख १ गतेलाई नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै उत्सबका रुपमा मनाइरहेका छन् ।
विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार) बाट सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिनलाई नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि उत्सवका रुपमा मनाउँने गर्दछन । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलताअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गरिन्छ । आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा बस्दैआएको छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने समेत गरिन्छ ।
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा ल्याइने गरिएको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२०८० साल, #नयाँ वर्ष प्रारम्भ, #पहिलो दिन बैशाख १ गते
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्