अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया
वाशिंगटन । अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा रहेको बताइएको छ । चीनले अरुणाचल प्रदेशका विभिन्न ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ । उसले कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्ने जनाएको छ ।
चीनले तिब्बतको दक्षिणी भागको रूपमा दाबी गर्ने अरुणाचल प्रदेशका थप ११ स्थानका लागि चिनियाँ नाम घोषणा गरेपछि यो प्रतिक्रिया आएको छ । चीनको नागरिक मामिला मन्त्रालयले आइतबार ११ स्थानको आधिकारिक नाम सार्वजनिक गरेको छ।
भारतले मङ्गलबार चीनले अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गरेको ठाडै अस्वीकार गरेको छ । यो राज्य भारतको अभिन्न अंग हो भनेको छ । भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्