विश्वको सबैभन्दा अग्लो रेलवे पुल: भारतको जम्मु कश्मीरमा चाँडै सञ्चालनमा आउदै
कश्मीर । भारतको जम्मु कश्मीरको चेनाब नदीमा बनेको विश्वको सबैभन्दा अग्लो रेलवे पुल चाँडै सञ्चालनमा आउने भएको छ ।
बहुप्रतिक्षित विश्वको सबैभन्दा अग्लो रेलवे पुलले चेनाब नदीमा ३५९ मिटर (१ हजार १७८ फिट) उचाइमा रहेको छ, जुन पेरिसको एफिल टावरभन्दा ३५ मिटर अग्लो छ।
यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको जनाइएको छ ।
यस्तै, यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्