८ महिनामा रोजगारी खोज्दै साढे ५ लाख विदेश पलायन, विश्वका १७८ देशमा नेपाली !
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिने अवधीमा झण्डै साढे पाँच लाख नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउनदेखि फागुनसम्म पाँच लाख ४० हजार ६८१ जना युवा नेपालबाट बाहिरिएका हुन् । विभागको तथ्यांक अनुसार बिदेसिनेमा झण्डै चार लाख ९१ हजार ३२१ जना पुरुष र ४८ हजार ३५४ जना महिला रहेका छन् ।
साउन महिनामा संसारका विभिन्न ८७ देशमा ६३ हजार ३९ जना, भदौमा ८८ देशमा ७६ हजार ४०३ जना, असोजमा ८४ देशमा ६२ हजार ७०६ जना, कार्त्तिकमा ११५ देशमा ७८ हजार ३७० जना, मङ्सिरमा पनि ११५ देशमा ६८ हजार ५६४ जना, पुसमा १२० देशमा ६५ हजार ४६४ जना, माघमा १०६ देशमा ६४ हजार २८४ जना र फागुनमा ९० देशमा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जना श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । यो सङ्ख्या नयाँ र विदेशबाट छुट्टीमा आएर पुनः श्रम स्वीकृति लिनेको हो ।
कोरोना महामारी अघिसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दैनिक सरदर एक हजार मात्रै रहेकोमा अहिले दोब्बरले बढेको छ । खाडीका देशसँगै केहीवर्षयता युरोप लगायतका देशमा पनि रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्दो देखिएको छ । सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १११ देश खुला गरेको छ । जसमध्ये, लिबिया, सिरिया र अफगानिस्तानमा नेपालीलाई रोजगारीमा पठाउन प्रतिबन्ध रहेको छ । व्यक्तिगत रूपमा भने संसारका विभिन्न १ सय ७८ देशमा नेपालीहरू रोजगारीका लागि पुग्ने गरेको पाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चालु आर्थिक वर्ष, #रोजगारी खोज्दै, #साढे पाँच लाख
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्