Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

चार मन्त्रीको टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाइएका छन् ।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन। यस्तै कांग्रेसले आज बारा २ मा उम्मेदवारको बारेमा टुंगो लगाउने बताइएको छ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्तरिक विवाद, #केन्द्रीय कार्यसम्पादन समिति, #चार जनालाई मात्र सरकार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं