चार मन्त्रीको टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।
आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाइएका छन् ।
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन। यस्तै कांग्रेसले आज बारा २ मा उम्मेदवारको बारेमा टुंगो लगाउने बताइएको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्तरिक विवाद, #केन्द्रीय कार्यसम्पादन समिति, #चार जनालाई मात्र सरकार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्