पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या
इस्लामाबाद । पाकिस्तानको कराँचीमा एक हिन्दु डाक्टरको गोली हानी हत्या गरिएको छ । हिन्दू डाक्टर डा बीरबल गेनानी बिहीबार आफ्नो क्लिनिकबाट घर फर्कने क्रममा कराँचीको लायारी नजिकै गोली हानी हत्या गरिएको जियो न्यूजले जनाएको छ ।
कराँची महानगरपालिका (केएमसी) का पूर्व स्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा बीरबल गेनानीलाई बिहीबार कराँचीमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए। गोली लागेर डा गेनानीको घटनास्थलमै मृत्यु भएको थियो भने सहायक महिला चिकित्सकको गोली लागेर घाइते भएका थिइन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल लगेको जियो न्यूजले जनाएको छ । घटनाको सीसीटीभी फुटेजमा डा गेनानीको कार अनियन्त्रित भई पर्खालमा ठोक्किएको देखाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्