Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

नेकपा एसबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । तीन मन्त्रालय दाबी गरिरहेको नेकपा एसले पहिलो चरणमा उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरिरहेका छन् ।

समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ । ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीले तयारी गरेको छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपमहासचिव प्रकाश ज्वाला, #बेदुराम भुसाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं