भारतको विशाखापट्टनममा आजबाट पूर्वाधार विज्ञ समूहको बैठक बस्दै
नयाँ दिल्ली । भारतको अध्यक्षतामा भईरहेको जी–२० सम्मेलन अन्र्तगत पूर्वाधार विज्ञ समूहको बैठक आजबाट आन्ध्र प्रदेशको विशाखापट्टनममा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनमा जी–२० सदस्य देशहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका करिब ६३ प्रतिनिधिहरू सहभागी हुनेछन्।
यो बैठक, भारतीय राष्ट्रपतिको उपस्थितिमा पूर्वाधार विज्ञ समूहको एजेन्डामा छलफल हुनेछ। यस बैठकमा छलफल गरिने प्रमुख प्राथमिकता ‘भविष्यका सहरहरू’ तथा समावेशी, लचिलो र दिगो पूर्वाधार एजेन्डामा रहेका छन्
दुई दिने बैठकमा प्रतिनिधिहरुका लागि विभिन्न औपचारिक भेटघाट र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यो बैठक विशाखापट्टनमको स्टिल सिटीमा हुनेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्