भारतको विशाखापट्टनममा आजबाट पूर्वाधार विज्ञ समूहको बैठक बस्दै

नयाँ दिल्ली । भारतको अध्यक्षतामा भईरहेको जी–२० सम्मेलन अन्र्तगत पूर्वाधार विज्ञ समूहको बैठक आजबाट आन्ध्र प्रदेशको विशाखापट्टनममा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनमा जी–२० सदस्य देशहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका करिब ६३ प्रतिनिधिहरू सहभागी हुनेछन्।
यो बैठक, भारतीय राष्ट्रपतिको उपस्थितिमा पूर्वाधार विज्ञ समूहको एजेन्डामा छलफल हुनेछ। यस बैठकमा छलफल गरिने प्रमुख प्राथमिकता ‘भविष्यका सहरहरू’ तथा समावेशी, लचिलो र दिगो पूर्वाधार एजेन्डामा रहेका छन्
दुई दिने बैठकमा प्रतिनिधिहरुका लागि विभिन्न औपचारिक भेटघाट र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यो बैठक विशाखापट्टनमको स्टिल सिटीमा हुनेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्