भारतले मे १७ देखि १९ गतेसम्म पहिलो ग्लोबल टुरिजम इन्भेष्टर्स समिट आयोजना गर्दै
नयाँ दिल्ली । भारतको पर्यटन मन्त्रालयले बिहीबार नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेस्टर्स समिटको तयारी स्वरुप अन्तरक्रियाको आयोजना गरेको छ। भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत भारत सरकारले मे १७ देखि १९ गतेसम्म नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेष्टर्स समिट आयोजना गर्ने भएको छ ।
जी–२० सम्मेलन भारतको पर्यटन क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रबद्धन गर्न विशेष अवसर हुने विश्वास गरिएको छ । पूर्वाधार, विश्वव्यापी सञ्जाल, उच्च आम्दानी र विदेशी लगानीकर्ताहरूको लागि अवसरहरू खोल्नाले भारतको पर्यटन बजार वृद्धिको हुने अपेक्षा गरिएको छ ।
भारत सरकारले पर्यटन र आतिथ्य क्षेत्रमा १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गर्ने जनाउको छ । विभिन्न राज्यले होमस्टे, पूर्वाधार, वेलनेस टुरिजम, इको टुरिजम आदिका लागि निजी लगानी आकर्षित गर्न प्रोत्साहन र सहुलियतहरू प्रदान गरिरहेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्