Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

चैत १० गतेदेखि संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाको निर्णय


काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको ५ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध आगामी चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’ यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने छ।

चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय पनि गरेको छ। २०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको गरिएको जनाइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं