जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल
गुवाहाटी । आजबाट सुरु हुृने सुरु हुने तीनदिने सर्वोच्च लेखापरीक्षण संस्था–२० इन्गेजमेन्ट ग्रुप डेलिगेट्स बैठकमा ब्रेनस्टर्मिङ सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ‘ब्लु इकोनोमी’को बारेमा छलफल हुने भएको छ । भारतका लागि महालेखा परीक्षक गिरीश चन्द्र मुर्मुले यस संस्थाको अध्यक्षता गरिरहेका छन् ।
‘ब्लु इकोनोमी’ भनेको हाम्रो इकोसिस्टमको स्वास्थ्यको संरक्षण गर्दै आर्थिक वृद्धि, सुधारिएको जीविकोपार्जन र रोजगारीका लागि समुद्री स्रोतहरूको दिगो प्रयोग गर्नु हो। यस्तै एआई एक सुशासन ढाँचा हो जसको उद्देश्य डाटा संकलन र प्रयोग गर्न सकिन्छ । कार्यक्रममा जी–२० सदस्य राष्ट्रहरू, अतिथि राष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।
अष्ट्रेलिया, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, टर्की र संयुक्त अरब इमिरेट्सका प्रतिनिधि सहभागी हुनेछन्। गुवाहाटीमा आयोजना हुने कार्यक्रममा दुईवटा विषयमा अवधारणापत्र प्रस्तुत हुने छस । सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गर्नेछन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्