क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित
वाशिंगटन । केही भारतीय मूलका अमेरिकी महिला सहित विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने २० भन्दा बढी प्रख्यात महिलाहरूलाई वाशिंगटनको युएस क्यापिटल हिलमा उत्कृष्ट महिला पुरस्कारले सम्मानित गरिएको छ । अमेरिकी बहुजातीय गठबन्धनले संयुक्त रूपमा आयोजना गरेको ११औँ वार्षिक कंग्रेस अन्तर्राष्ट्रिय महिला दिवस समारोहमा लामो समयदेखि अमेरिकी सांसद ड्यानी डेभिस, नागरिक अधिकार नेता रेभ।जेसी ज्याक्सनका छोरा कांग्रेस सदस्य जोनाथन ज्याक्सन, कांग्रेसकी डेलिया रामिरेज र भारतीय अमेरिकी कांग्रेस सदस्य राजा कृष्णमूर्तिले पुरस्कार प्रदान गरेका छन् ।
सम्मानित हुनेमा विभिन्न जातजातिका राजनीतिज्ञ, पत्रकार, सामाजिक कार्यकर्ता, व्यवसायी र शिक्षाविद्हरू रहेका छन् । सम्मानित हुनेले आफ्नो क्षेत्रमा नेतृत्व कौशल र लैङ्गिक समानताप्रति विशेष योगदान दिएका छन्। यस अवसरमा सम्मानित हुने महिलाहरुमा अमेरिकी राजनीतिज्ञ जेनिफर राजकुमार, नासा गोडार्ड इन्जिनियरिङ र टेक्नोलोजीका उपनिर्देशक डा जोआन, डा मर्सिडिज मार्टिनेज (शिकागोका मनोचिकित्सक) लगायत अन्य रहेका छन् ।
निर्णायक मण्डलबाट पनि सम्मानित नासाकी डा हिलले भनिन्, ‘यो अवार्ड पाउँदा निकै खुसी भएको छु र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वका उत्कृष्ट २० उत्कृष्ट महिलामध्ये एकको रूपमा चिनिन पाउँदा निकै सम्मान भाव जागेको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा क्यापिटल हिलमा दोस्रो पटक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा न्युयोर्ककी ८ वर्षीया समारा करकराले शिक्षा र प्रविधिमा महिलाको नेतृत्वको विषयमा विशेष सम्बोधन गरेकी थिइन् । सम्लेलनमा सम्बोधन गर्ने उनी सबैभन्दा कान्छी भारतीय मूलकी अमेरिकी नागरिक हुन् । (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्