किन गर्दैछन् माओवादी घटकहरुले संयुक्त पत्रकार सम्मेलन ?
काठमाडौं । माओवादी घटकका आठ राजनीतिक दलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको विषयमा एउटै आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो।
दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने बताइएको छ । द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायअनुसार निवारण हुनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट अगाडि बढाइएको भन्दै माओवादी पृष्ठभूमिका सबै दलहरू एक ठाउँमा उभिएका हुन् । उनीहरूले शान्ति प्रकिया भाँड्न खोजे चुप लागेर नबस्ने चेतावनी यसअघि दिएका थिए ।
२०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सव समारोहमा प्रचण्डले द्वन्द्वमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए। प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध सामूहिक नरसंहारको मुद्दा दर्ता भएको हो । सर्वोच्च अदालतले प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्