सहकारी बैंक र महानगरपालिकाको समन्वयमा कर्जा व्यवस्थापन तालिम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बानेश्वर शाखा आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकारी विभागको समन्वयमा दुई दिवसीय कर्जा व्यवस्थापन सम्बन्धी तालिम भएको छ ।
शुक्रवारदेखि सुरु भएको तालिम उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी संस्थाहरुमा सुशासनको पाटो कमजोर रहेको बताए । पछिल्लो समयमा सहकारीमा समस्या आउनको मुख्य कारण नै सहकारी संस्थाहरु अनुशासन र आफ्ना सूचकाङ्कमा ध्यान नदिँदा समस्या निम्तिएको भन्दै संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्दा समस्या नआउने बताएका थिए ।
त्यस क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरुलाई लक्षित गरी सुरु गरिएको तालिम कार्यक्रममा ३० वटा सहकारी संघ संस्थाबाट ३५ जना सहकारीकर्मीहरुको सहभागिता तालिम शनिवारसम्म सञ्चालन हुने बैंकको बानेश्वर शाखाका प्रमुख विष्णु गिरीले जानकारी दिए ।
तालिमलाई कुवेर निरौलाले धितो कर्जा, लघु कर्जा व्यवस्थापन तथा कर्जामा निहित जोखिम सहित कर्जा सँग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरूमा सहजीकरण गरेका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्