राष्ट्रपति उम्मेद्वारबारे नेताहरुको दौडधुप, बालुवाटार र धुम्बाराहीमा पटक–पटक छलफल
काठमाडौं । राष्ट्रपतिको मनोनयन दर्ताको समयावधि नजिकिएसँगै दलहरुको दौडधुप बढेको छ । कहिले बालकोट त कहिले धुम्बाराही अनि बालुवाटरमा बाक्लो छलफल सुरु भएको हो । बुधबार पनि धेरै पटक नेताहरुको छलफल भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका नेताहरुको दौडधुप बाक्लिएको छ । नेकपा एकीकृत समाजवादी नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा छलफल गरेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष माधव नेपालसहितका नेताहरुले छलफल गरेका थिए ।
सचिवालय बैठकलगत्तै अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।
नेकपा एसका नेताहरुसँग छलफल गर्नुअघि जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवा निवास पुगेका थिए । आजै बसेको नेकपा एसको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए तयार भएको निर्णय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । सो बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका छन् ।
यसअघि नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका छन् । त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उक्त भेटमा ओलीले एमालेका सुवास नेम्वाङ र नेकपा एसका माधव नेपालमध्ये एकजनालाई राष्ट्रपति बनाउन प्रस्ताव ओलीले गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेताहरुको दौडधुप, #बालुवाटरमा बाक्लो, #राष्ट्रपतिको मनोनयन
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्