काठमाडौं उपत्यकाका तीन ठाउँमा फेला पर्यो बर्डफ्लू
काठमाडौं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।
गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २ सय ५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ । तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृषि तथा पशुपन्छी, #बर्डफ्लू संक्रमण
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्