Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

रविले पोखे नेपाली मिडियाप्रति कडा आक्रोशः मिडिया मालिकलाई चुनाव लड्न आउन चुनौति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको दाबी गरेका छन् । पार्टी बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको विषयलाई ठूलो अपराधका रुपमा स्थापित गर्न खोजिएको भन्दै यस्तो बताएका हुन् ।

नेपालका ठूला सञ्चारगृह आफूबिरुद्ध आक्रामक रुपमा लागेको भन्दै पत्रकारीताभित्रको मनोमानीमाथी समेत धावा बोल्ने चुनौँती लामिछानेको थियो । अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको स्वीकार गरेका रविले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको भएपनि दुरुपयोग नगरेको जिकिर गरे ।

सरकार छाड्न पार्टीको निर्णयपछि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारमाझ उभिएर आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको आक्रोश पोखे । मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन् ।

मिडिया मालिकको स्वार्थमा नेता तर्साउने, ब्यापारी तर्साउने र असुली धन्दा चलाउने पत्रकारीति अति भएको भन्दै रविले कतिपय मिडिया मालिक र सम्पादकको नामै लिएर पत्रकार सम्मेलनमार्फत खबरदारी गरे ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीप्रति नरम देखिएका रवीले पत्रकार सम्मेलन मार्फत नेपाली राजनीति र पुराना नेताहरुको गालीगलौँजमा कुनै पनि शब्द प्रयोग गरेनन् । उपचुनाव जितेर पुनः राजनीतिमा स्थापित हुने जिकिर रविले प्रस्तुत गरे ।
एमाले अध्यक्ष ओलीले गरे रविको बचाउ
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटिलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताए ।

उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गरेका हुन् भन्दै ओलीले प्रश्न मात्रै तेर्साउनुभएन विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैरआवासीय नेपालीमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको स्मरण गराए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली पासपोर्ट, #रवि लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं