रवि लामिछानेले आज सिधा कुरा गर्दै, सबैलाई हेर्न र सुन्न अपिल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन् । गृह मन्त्रालयकै अडानमा रहेको सो पार्टीले प्रधानमन्त्रीको नयाँ प्रस्तावमा आवश्यक छलफल तथा निर्णय गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।
दुई दिनको समय मागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन रास्वपालाई प्रस्ताव गरेका छन् । त्यो बिषयमा समेत बैठकमा छलफल भइरहेको छ । सभापति लामिछानेले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् ।
उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोध समेत गरेका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् ।
बिहीबार पनि उनले आफू अभिमन्यु नभएको भन्दै मौनता आजसम्मका लागि मात्र भएको चेतावनीपूर्ण स्टाटस लेखेका थिए ।
उनले फेसबुकमा लेखेका छन्,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’ मैले सिधा कुरा नगरेको धेरै भएछ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्रीको नयाँ प्रस्ताव, #रवि लामिछाने, #सीधा कुरा
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्