Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशनबाट लाखौँको ठगी, प्रहरीले भन्यो सचेत बनौं


काठमाडौं । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशनमार्फत ठगिने क्रम बढेको तर्फ सचेत गराउँदै प्रहरीले नखोल्न आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले सबैलाई सचेत गराउँदै यस्तो अनुरोध गरेको हो ।

अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले हिजो सार्वजनिक गरेको थियो। एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको पाइएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारि दिए । अहिलेसम्म पक्राउ परेको गिरोहले २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

यसरी हुँदैआएको थियो ठगी
‘के तपाई पनि सेक्स पार्टनर खोज्नु भइरहेको छ अब ढुक्क बस्नु । नेपाली गर्ल डट एपीकेलाई इन्स्टल गर्नुहोस् र सेक्स पार्टनर खोज्नुहोस् त्यसमा कन्ट्याक्ट नम्बर र फोटो साथै रेट पनि त्यसमै छ ठाउँ पनि उपलब्ध छ’, ब्यहोरासहित वाट्सएपमा सबै भन्दा पहिला लिंक पठाइने गरेको पाइएको छ ।

यस्तो एप्लिकेसन इन्स्टल गर्नेक्रममा ‘तपाईको डिभाइसमा पूरा पहुँच हुने छ’ भन्ने व्यहोरासहित ओके थिच्ने अप्सन आउने र ओके थिच्दा गिरोहले मोबाइलका सबै विवरण आफ्नो नियन्त्रणमा राख्ने गरेको प्रहरी अधिकारीको दाबी छ । गिरोहले बानेश्वरमा सफ्टवेयर राखेर धन्धा चलाउँदै आएको थियो ।

बैंक खातामा पहुँच राखेपछि पैसा ट्रान्सफर गर्न विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर बैंक खाता तथा इसेवा, खल्तीजस्ता मोबाइल वालेट खोल्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको अनुसन्धानबाट खुलेसँगै प्रहरीले सबैलाई सचेत हुन आह्वान गरेको छ । शङ्कास्पद एप्लिकेशन मार्फत हुने ठगी रोक्न प्रहरीसँगै आम नागरिक समेत सचेत हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली गर्ल’ नाम, #म्यासेज पत्याएर शङ्कास्पद, #शङ्कास्पद एप्लिकेशन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं