पाकिस्तानको खाद्य संकट राज्यद्वारा सिर्जना गरिएको खुलासा
लाहोर । पाकिस्तानमा खाद्य संंकट भएपछि धेरै भिडियोहरु सार्वजनिक भएका छन् । गहुँको थुप्रो देखाएको एक भिडियोमा राज्यद्धारा कृतिम अभाव देखाएको दाबी गरिएको छ । पाकिस्तानको सरकार र नेताहरुको पूर्ण अक्षमता भएको दाबी गरिएको छ ।
पहिलेदेखि नै अस्थिर राजनीतिक अवस्थाका बीच मुलुकमा खाद्यान्न अभाव चर्किएको छ । भिडियोमा रहेको व्यक्तिले सरकारसँग पर्याप्त अन्न रहेको तर नेतृत्व संकटलाई पूर्वनिर्धारित गर्न असफल भएको र भण्डारमा रहेको सबै कुरा सडेको बताए।
पाकिस्तानी सामाजिक सञ्जाल धेरै भिडियोहरूले भरिएको छ जहाँ नागरिकहरूले सरकारलाई आरोप लगाउँएको देखिन्छ। ती मध्ये एक, जुन विश्वभर भाइरल भएको छ, भिडियोमा देशको खैबर पख्तुनख्वा प्रान्तका मानिसहरू पीठोको लागि लडिरहेका थिए जब केही सशस्त्र व्यक्तिहरूले मिनी ट्रकहरूबाट गहुँका प्याकेटहरू वितरण गरेको देख्न सकिन्छ ।
पाकिस्तानका अन्य भागबाट पनि अराजकता र भागदौडका घटनाहरू रिपोर्ट गरिएका छन्। १ किलो गहुँको मूल्य १ सय ६० रुपैयाँमा सम्म पुगेको छ। गत वर्ष पाकिस्तानमा आएको भीषण बाढीको कारण भएको विनाशको पुनर्निर्माणका लागि पाकिस्तानले विश्वव्यापी सहयोग खोजिरहेको भारतीय समाचार संस्था एएनआईले लेखेको छ ।
हालै जेनेभामा संयुक्त राष्ट्र संघको सहयोगमा पाकिस्तानले आयोजना गरेको दाता सम्मेलनमा करिब ४० देश र केही व्यक्तिले ९ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्षको बाढीले विनाश बाट भएको क्षतिको पुनर्निर्माण गर्न १६ अर्ब अमेरिकी डलर सहयोगको आह्वान गरेका थिए। पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरीफले थप कोषको माग गर्न विभिन्न देशको भ्रमण गरिरहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्