सर्बोच्च अदालतमाथि प्रश्न उठाउने को हुन् रवि लामिछानेका समर्थक ?
	
				
			काठमाडौं । सर्बोच्च अदालतले रवि लामिछानेको सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष समेत पद जाने गरी शुक्रबार फैसला गरिदियो । नागरिकता पुनः प्राप्तीका लागि लामिछानेले प्रक्रिया अघि नबढाएकै कारण उनी अनागरिक बने ।
गृहमन्त्रालयबाट निष्किदै गर्दा अदालतको आदेश पूर्ण रुपमा मान्ने र अदालत भन्दा ठूलो कोही पनि नहुने रवि लामिछानेले बताएका थिए । तर, उनै रविको पक्षमा भन्दै अदालतको अवहेलना हुनेगरी केही ब्यक्तीहरुले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका छन् ।
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रर्दशन के का लागि गरिएको हो भन्ने जवाफ समेत अधिकांश सहभागिहरुलाई पत्तै थिएन ।
पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।
अझ् प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका थिए । सर्बोच्च अदालतले गरेको फैसलामाथि नै प्रश्न उठाउने गरी गरिएको प्रर्दशनलाई स्वयम् रवि लामिछानेले किन रोक्न सकेनन् भन्ने प्रश्न समेत उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #सर्बोच्च अदालत
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्