रवि लामिछानेको सांसद र गृहमन्त्री दुबै पद गयो (यस्तो छ फैसला)
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।
यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ । फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ । रवि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा पुस ११ गते गृहमन्त्री बनेका थिए ।



क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #सांसद पद खारेज
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्