कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको पहिलो निर्णयः बर्षदिनमा १० हजारलाई रोजगारी
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले प्रतिवर्ष १० हजारलाई रोजगारी दिने कार्यविधि बनाउने पहिलो निर्णय गरे ।
गरिबी र विकटता रहेको कर्णालीका २ वटा उत्तरदायित्व पूरा हुने पदभार ग्रहणपछि उनले बताए । यी २ वटा उत्तरदायित्व पूरा गर्न गरिबी पहिलो बाधा देखेको शर्माको भनाइ छ । ‘समृद्ध कर्णालीको अभियानअन्तर्गत प्रतिवर्ष कम्तिमा दश हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय गरेको उनको दाबी छ ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शर्मासँगै आज दुई मन्त्रीलाई शपथ गराइएको छ । नवनियुक्त दुई मन्त्रीहरूमा माओवादीबाट मुगु ‘२’ का मंगल शाही र एमालेबाट दैलेख ‘२’ बाट निर्वाचित विनोदकुमार शाह छन् । उनीहरूलाई अहिले भने मन्त्रालय तोकिएको छैन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मुख्यमन्त्री राजकुमार शर्मा, #राजकुमार शर्मा
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्