‘हनिट्रयाप’ मा पारेर पाँच करोड बार्गेनिङ गर्ने मुख्य योजनाकार जेल चलान
काठमाडौं । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरा पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । थुनछेक बहसपछि दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले जेल चलानको आदेश दिएको हो ।
गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरासँगै तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई समेत एक लाख धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको छ । आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी एक लाख धरौटीमा छुटेका छन् ।
प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै यी तीन जनाको समूहले पाँच करोड माग गरेको थियो । पटक–पटक गरी यो समूहले ३० लाख लगिसकेको समेत खुलेको थियो ।
पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ । पीडित भनिएका तुलसीपुरका व्यवसायी विरुद्ध समेत सरकारी कागज कीर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छाडिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पाँच करोड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्