पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको अपिल

काठमाडौं । संयुक्त राष्ट्र संघले गत वर्षको भीषण बाढीबाट आक्रान्त बनेको पाकिस्तानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ । जेनेभामा जारी बैठकमा महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानसहित विकासशील देशहरुको स्थिति सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरे ।
जलवायु समस्याबारे छलफलका लागि उपस्थित भएका विभिन्न देशका प्रतिनिधिलाई सम्बोधन गर्दै गुटेरेशले पाकिस्तानमा बाढीले पुर्याएको क्षति स्मरण गराउँदै शंका लागे पाकिस्तान भ्रमण गर्न आग्रहसमेत गरे । उनले क्षतिबारे अवलोकन गरेर जलवायु परिवर्तनले पु¥याएको असरबारे जानकारी राख्न आग्रह पनि गरे ।
गुटेरेशले जलवायु परिवर्तनको असरका लागि कम जिम्मेवार भएका देशहरु नै बढी मारमा परेको उल्लेख गरे । पाकिस्तानमा सन् २०२२ मा को बर्षायाममा सिन्ध र बलोचिस्तान प्रान्तमा आएको बाढीका कारण झण्डै साढे तीन करोड मानिस प्रभावित भएका थिए ।
१७ सयभन्दा बढीको मृत्यु भएको थियो भने ८० लाख मानिस विस्थापित नै भएका थिए। बाढीका कारण २२ लाख घरमा पूर्णरुपमा क्षति पुगेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्