पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको अपिल
काठमाडौं । संयुक्त राष्ट्र संघले गत वर्षको भीषण बाढीबाट आक्रान्त बनेको पाकिस्तानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ । जेनेभामा जारी बैठकमा महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानसहित विकासशील देशहरुको स्थिति सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरे ।
जलवायु समस्याबारे छलफलका लागि उपस्थित भएका विभिन्न देशका प्रतिनिधिलाई सम्बोधन गर्दै गुटेरेशले पाकिस्तानमा बाढीले पुर्याएको क्षति स्मरण गराउँदै शंका लागे पाकिस्तान भ्रमण गर्न आग्रहसमेत गरे । उनले क्षतिबारे अवलोकन गरेर जलवायु परिवर्तनले पु¥याएको असरबारे जानकारी राख्न आग्रह पनि गरे ।
गुटेरेशले जलवायु परिवर्तनको असरका लागि कम जिम्मेवार भएका देशहरु नै बढी मारमा परेको उल्लेख गरे । पाकिस्तानमा सन् २०२२ मा को बर्षायाममा सिन्ध र बलोचिस्तान प्रान्तमा आएको बाढीका कारण झण्डै साढे तीन करोड मानिस प्रभावित भएका थिए ।
१७ सयभन्दा बढीको मृत्यु भएको थियो भने ८० लाख मानिस विस्थापित नै भएका थिए। बाढीका कारण २२ लाख घरमा पूर्णरुपमा क्षति पुगेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्