प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय,गगन,विश्व,प्रदीप र अर्जुनको असहमति
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहान बिभिन्न चरणमा बसेको पदाधिकारी र कार्य सम्पादन समिति बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेको हो ।
पार्टी निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन । यस्तै, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले पनि असन्तुष्टि जनाएका छन । केन्द्रीय सम्पादन समिति बैठकको निर्णय अब केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।
यसअघि प्रधानमन्त्री प्रचण्ड विश्वासको मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए ।
यस्तै, नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । विहान बसेको सचिवालय बैठकले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरेपनि आफूहरु भने प्रतिपक्षीमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कार्य सम्पादन समिति, #नेपाली कांग्रेस, #विश्वासको मत दिने
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्