प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदैं, कांग्रेसको पनि आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा आज विश्वासको मत लिदैछन् । मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना सोमबारको बैठकमा जानकारी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेर पठाएका थिए ।
आफूलाई विश्वासको मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले सोमबार साझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताइएको छ। कांग्रेसले आज विहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #विश्वासको मत
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्