सकियो राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारण सभा, नीति तथा कार्यक्रम सर्वसम्मत पारित
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सोमबार सकिएको छ । पुस १६ गते एकाइ सभा सम्पन्न गरि आज एकाइ स्तरबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा काठमाडांैमा सम्पन्न भएसँगै १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बैंकका सल्लाहकार तथा पूर्व मन्त्री केशव बडालले गरेका थिए ।
साधारण सभामा प्रस्तुत भएको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आर्थिक वर्ष २०७९/०८० को लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, विभिन्न कार्यविधिहरू संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, वैदेशिक निकायबाट सहुलियत पूर्ण कर्जा लिने लगायत साधारण सभामा पेस भएका सम्पूर्ण नीति तथा कार्यक्रमहरू पारित भएको छ ।
कार्यक्रममा सल्लाहकार तथा पूर्व मन्त्री केशव प्रसाद बडालको प्रमुख आतिथ्ययतामा भएको समापन कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्व मन्त्री दीपक प्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाई, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका नि–वर्तमान सदस्य मित्रराज दवाडी, सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित, पूर्व सञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्व सञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्