एक सातासम्म मन्त्रीले नै पाएनन् जिम्मेवारी, चार जना मन्त्री काम विहिन !

काठमाडौं । काग्रेससँगको गठबन्धन एकाएक तोडदै नेकपा एमालेसँग सत्ता सहकार्य गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहित साना दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन । विशेष गरेर एमाले अध्यक्ष ओलीको दरो साथ सहित अन्य साना दलको सहयोगमा पुष ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्री परिषद बनाएका थिए । त्यसै दिन ४ जनालाई विना विभागिय मन्त्री बनाए । तर, अहिले सम्म पनि गठबन्धनमा सहभागि दलहरु विच पदीय बाँडफाडमा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले विना विभागिय मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् ।
पुष २५ गते संसदको आब्हान भैसकेको र त्यसपछि विश्वासको मत लिएपछि मात्र विना विभागिय मन्त्रीहरुको जिम्मेवारी तोक्ने मनस्थितिमा प्रचण्ड रहेको बताइन्छ । प्रचण्ड नेतृत्वको नया सरकार संचालनका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनाइएको राजनीतिक संयन्त्रमा कुरा नमिलेको कारण पनि विना विभागिय मन्त्रिहरुको जीम्मेवारी तोक्न सकस भैरहेको छ । अहिलेसम्म जिम्मेवारी नपाएका दामोदर भण्डारी,राजेन्द्र कुमार राई,जवालाकुमारी शाह एमाले र ,अब्दुल खान जनमत पार्टीका सांसद हुन ।
उनीहरु विना विभागिय मन्त्रीको हैसियतमा झन्डा हल्लाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हाजिर गर्न जाने र निवास फर्कनेबाहेक केही काम गर्न पाएका छैनन । झण्डावाला गाडीमा सुरक्षा गार्डसहित निष्कनु बाहेक केही काम नभएपनि आफनो जिम्मेवारी चाडै तोकिने आशामा छन विना विभागिय मन्त्रीहरु ।
सरकारले विना विभागिय मन्त्रीहरुको अस्थायी कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तोकेको छ । तर विना विभागीय भएपनि उनीहरु सरकारी निवासमा भने सरेका छन । उनीहरु आँफूलाई बिश्वास गरेर दिइएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने बताउछन् । सरकार सञ्चालनमा सहज होस् भन्नका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्च स्तरिय राजनीतिक संयन्त्र गठन गरिएको छ ।
यो संयन्त्रमा कुरा नमिलेसम्म र सरकराले विश्वासको मत प्राप्त गर्दासम्म विना विभागिय मन्त्रीको जिम्मेवारी पाउने संभावना कम छ । एकातिर मन्त्रीहरुले जिम्मेवारी पाएका छैनन् भने धेरै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आँफैले राखेका छन् । जसका कारण पनि म मन्त्रालयको कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काम विहिन, #गठबन्धन एकाएक तोडदै, #चार जना मन्त्री
तपाईको कमेन्ट लेख्नुहोस्