गृहमन्त्री रवि लामिछानेको ताकेतापछि फिर्ता भए २ सय २१ सुरक्षाकर्मी
 
	
				
			काठमाडौं । गृह मन्त्रालयले जारी गरेको ४८ घण्टे अल्टिमेटमबाट २ सय २१ सुरक्षाकर्मी फिर्ता भएका छन् । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका हुन ।
मगंलबार गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नेपाल प्रहरीका एक सय तीन र सशस्त्र प्रहरीका एक सय १८ जना फर्किएका छन् ।
अस्ति र हिजो गरेर दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयले जनाएको छ । राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र चालकका रूपमा उनीहरू खटिँदै आएका थिए । यस्तै केही नेता तथा कर्मचारीले भने सुरक्षाकर्मी तथा चालक फिर्ता गरिएकोमा असन्तुष्टिसमेत जनाएका छन् ।
नेपाल प्रहरीका छ सय ६१ र सशस्त्र प्रहरीका चार सय पाँच जना सुरक्षाकर्मी बहालवाला तथा पूर्वविशिष्टको सुरक्षामा खटिएको प्रारम्भिक तथ्याङ्क छ । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गर्दै आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृह मन्त्रालय, #सुरक्षाकर्मी फिर्ता
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्