सरकार गठनमा सीके राउतको असन्तुष्टिः पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत सरकार गठनमा सहभागि भएपनि असन्तुष्टि जनाएका छन् । उनले पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा देखिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका राउतले आफूले सोचेभन्दा धेरै ज्ञान र वितृष्णा देखिएको बताएका हुन ।
उनले ट्वीटरमा लेखेका छन्, सत्ताको पहिलो क्लास आज पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने आफू कतिखेर राजनीतिबाट पनि सन्यास लिइने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे मेरो नियति।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पहिलो क्लासमै, #सीके राउत
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्