राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय घर्किदै, पहिलो प्रधानमन्त्रीमा देउवा र प्रचण्डको दाबी

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले शपथ लिएसंग अब चर्चा छ भाबी प्रधानमन्त्रीको । स्वभाबिक रुपमा पहिलो दलको हैसियतले नेपाली कांग्रेसले दाबी गरेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पहिलो चरणमै प्रधानमन्त्री बन्न चाहना राखेपछि सहमतिको बिषय पेचिलो बनेको छ । राष्ट्रपतिले दिएको समयसिमाको दबाबमा रहेका गठबन्धन दलका नेता सहमति बन्नेमा भने बिश्वस्त देखिन्छन ।
निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भाईसकेपछी एक साताको समय दिदै राष्ट्रपतीले ३ गते सरकार गठनको लागि आह्वान गरिन । सोही अनुसार सत्तारुढ गठबन्धनले सरकार बनाउन र शक्ती वाँडफाडमा ध्यान केन्द्रीत गरेको छ । तर कसको नेत्रित्वमा सरकार बनाउने र के कसरी शक्ती बाँडफाट गर्ने बिषयमा नेपाली कांग्रेस र नेकपा माओवादीबिच कुरा नमिल्दा राष्ट्रपतिले दिएको १० गतेभित्र प्रधानमन्त्री को होला भन्ने चासो छ ।
संसदको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस प्रधानमन्त्री र राष्ट्रपती आफुले पाउनुपर्ने अडानमा छ । उता, माओवादी केन्द्रले पनि प्रधानमन्त्री आफुले पाउनुपर्ने अडान कायम नै राखेको छ । अझै गठबन्धनमा भएका दलले मात्र बहुमत नपुग्ने भएपछी अन्य दललाई पनि समावेश गर्नुपर्ने बाध्यता गठबन्धनलाई छ । सोही कारण पनि सरकार गठनको स्पस्ट खाका देखिएको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रक्रिया सहज ढङ्गले अघि बढेको र गठबन्धन कै सरकार हुने प्रस्ट पारेका छन ।
गठबन्धन कै सरकार बनाउने प्रस्ट पारेपनी कसले नेत्रित्व गर्ने भन्ने बिषयमा प्रचण्ड केही बोलेनन । तर, यता नेपाली कांग्रेसले भने प्रधानमन्त्री र राष्ट्रपती आफुले पाउनुपर्ने दाबी छोडेको छैन । कांग्रेस नेता डा शेखर कोइरालाले कांग्रेस संसदमा ठुलो पार्टी भएकाले दुई पद स्वभाविक रुपमा आफ्नो दलले पाउनुपर्ने दाबी गर्छन् ।
गठबन्धन को बहुमत नहुँदा साना दल पनि सरकारमा जान खुट्टा उचालिरहेका छन । यद्यपी उनिहरुले एजेण्डाको राजनीति गर्ने दाबी पनि छाडेका छैनन । सम्सदमा २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेलासम्म सरकारको प्रष्ट चित्र नदेखिएकाले अहिले नै केही कदम चाल्ने पक्षमा छैन । तर, एजेण्डा मिलेमा सरकारमा जान सक्ने संकेत गरेको छ ।
त्यस्तै ५ जना सांसद भएको जनमत पार्टी त सरकारमा जाने लगभग निश्चित नै भएको छ । तर, गठबन्धनको अवस्था परिवर्तन भईरहेकोले के कसरी जाने भन्ने अहिले नै निधो नभएको अध्यक्ष सिके राउतको भनाइ छ । गठबन्धनसँग बहुमत नपुग्नु र कसले सरकारको नेतृत्व गर्ने भन्ने बिषयमा टुङ्गो नलाग्दा राष्ट्रपतीले दिएको समयभित्र सरकार बन्ने नबन्ने अझै प्रष्ट छैन ।
अझै शक्तिशाली पदहरुको बाडफाडमा गठबन्धन पुगेकै छैन । साना दललाई कसरी समेट्ने भन्ने बिषयमा पनि खाका बनेको छैन । यही कारण पनि सरकार गठनमा अलमल नै देखिएको छ । कुनै पनि महत्वपूर्ण निर्णय अन्तिम घडीमा लिने बानी परेका दलका नेताहरुले फेरि उही शैलीमा निर्णय लिनसक्ने धेरैको आँकलन छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काङ्ग्रेस प्रधानमन्त्री, #प्रचण्ड, #भाबी प्रधानमन्त्री
तपाईको कमेन्ट लेख्नुहोस्